राजेन्द्र न्यौपाने
गोरखा, ११ साउन । गोरखामा आइतबार साँझ ७ः३० बजे भएको सवारी र्दुघटनामा परी एक जना गम्भीर घाइते भएका छन् । गोरखा नगरपालिका वडा नं। ११ स्थित ११ किलो भन्ने ठाउँमा आँवुखैरेनीबाट गोरखा जाँदै गरेको ग १ त ४६२३ नम्बरको ट्याक्टरले छेवेटारबाट दशकिलो तर्फ जाँदै गरेको ग ७ प ६५११ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारी अन्दाजी ६५ वर्षिय कृष्णजी अर्याल घाइते भएका हुन् ।
घाइतेको प्राथमकि उपचारका लागि आँवुखैरेनी स्थित छिम्केश्वरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।