Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा पनि मास्क नलगाइ हिड्नेलाई अब कारवाही


1.9K
Shares

गोरखामा पनि मास्क नलगाइ हिड्नेलाई अब कारवाही

गोरखा ११, साउन । गोरखा जिल्लामा पनि मास्क नलगाई हिड्नेलाई अब कारवाही हुने भएको छ । गृह मन्त्रालयले आज ७७ जिल्ला प्रशासनलाई परिपत्र जारी गर्दै घर बाहिर निस्कनेले मास्क नलागएको खण्डमा नियन्त्रणमा लिएर कारवाही गर्न पत्राचार गरेपछि गोरखामा पनि अबदेखि घर बाहिर निस्कदा अनिबार्य मास्क लगाउनु पर्ने भएको हो ।

नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जारी रहेका बेला गृहले यस अघि पनि सवैलाई अनिबार्य मास्क लगाएर हिड्न र मास्क नलगाउनेलाई कारवाही गर्न भन्दै जिल्लामा परिपत्र गरेको भएपनि गोरखामा त्यसको पूर्ण कार्यान्वयन भएको थिएन । सरकारको निर्देशन अटेर गरि मास्क नलगाई घरबाहिर निस्कनेको संख्या बढ्दै जान थालेपछि पुनः आज कारवाहीका लागि अर्को परिपत्र जारी गरेको हो ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले हिँडडुल गर्दा सबैलाई मास्क अनिवार्य गर्न भनेको छ । परिपत्रमा मास्क नलगाउने र भीडभाडमा हिँड्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न भनेको छ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार २६ गतेबाट पूर्ण रुपमा खुला गरेसँगै भीडभाड बढेको छ । मास्क लगाउन अटेर गरेमा संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न समेत मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology