गोरखा १०, साउन । गोरखामा २ स्थानीयतहमा आज थप २ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार (आज) दिउँसो ४ बजे विज्ञप्ती प्रकाशित गर्दै गोरखाको पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकामा थप १\१ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
पालुंटार नगरपालिकाका संक्रमित २६ पुरुष रहेका हुने भने भिमसेन थापा गाउँपालिकाका वडा नम्बर १ का संक्रमित २७ बर्षिय पुरुष रहेको निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
भारतबाट भीमसेन थापा गाउँपालिकाका संक्रमित व्यक्ति कनकामना आधारभूत बिधालयको क्वारेन्टिनमा बस्दै आएका थिए भने बहराइनबाट फर्किएका पालुङटारका संक्रमित पुरुष युवा जनता माध्यामिक बिधालयको क्वारेन्टिनमा बस्दै आएका थिए ।
उनि दुवै जनालाई आइसोलेसनमा ल्याउने तयारी भईरहेको छ । यो संगै गोरखा जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ ।