Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

आज नागपञ्चमी, यस कारण मनाइन्छ नागपञ्चमी


2.1K
Shares

आज नागपञ्चमी, यस कारण मनाइन्छ नागपञ्चमी

गोरखा १०, साउन । आज नागपञ्चमी । नेपालमा हरेक वर्षको साउन महिनाको शुक्लपक्षमा पर्ने पञ्चमी तिथिलाई नागपञ्चमीको रुपमा मनाइन्छ ।आजको दिन नाग तथा सर्पको पूजा गरिन्छ । विशेष गरेर नागको पूजा गरिने पर्व भएकाले नै यस दिनलाई नागपञ्चमी भनिएको हो । यस दिन नागलाई दूधले नुहाएर पूजा गर्ने गरिन्छ ।

विभिन्न पुराणहरुमा नागको महत्वको बारेमा बताइएको छ भने शास्त्रको आधारमा नै नागपञ्चमी व्रत मनाइने चलन बसेको देखिन्छ । भविष्योत्तर पुराणमा आजको दिन नागहरुको पूजा गर्नाले अभय मिल्दछ भन्ने कुराको उल्लेख गरिएको छ । वेदमा पनि नागलाई देवताको रुपमा पूजा गर्ने परम्परा रहेको भेटिन्छ । नागलाई पूजा गर्ने वेदका मन्त्रहरु निकै महत्वपूर्ण मानिन्छन्।

ज्योतिष तथा वास्तु शास्त्रअनुसार पानीको लागि उत्तम स्थान पूर्व उत्तरको भाग इशान दिशालाई महत्वपूर्ण मानिन्छ ।
आजको दिन देशभरका नागपोखरी र नागमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो हुन्छ । नागको मन्दिर भएको ठाउँमा मन्दिरमा नै गएर नागको पूजा गरिन्छ भने नभएको ठाउँमा पनि गोबरको नाग बनाएर पूजा गरिन्छ । यसरी बनाएको नागको पूजा गर्दा दियो, कलश, गणेशको पूजा गरिन्छ र बनाइएको नागलाई दूधले नुहाइ लावा, कपास, दुबोलगायतले पूजा गरिन्छ ।

नेपाली समाजमा त नागलाई गाईको भन्दा पनि चामल पिनेर बनाएको दूध चढाउने चलन छ । यसैगरी आजको दिन सबैले नागको फोटो भए पनि आफ्नो घरको ढोकामाथि टाँस्नाले नागको डर हुँदैन । त्यसकारण आजको दिन सबैले घरको ढोकामाथि गोबर लगाएर नागको तस्विर टाँस्दछन् ।

यसरी नागपूजा गर्नाले नाग देवता प्रसन्न भई नाग दोष नलाग्ने शास्त्रहरुमा वर्णन गरिएको छ । आजको दिन विशेष गरेर ८ नागको पूजा गरिन्छ ।

१० अनन्त, २० वासुकी, ३० पद्म, ४० महापद्म, ५० तक्षक, ६० कुलीर, ७० कर्कट र ८० शंख नाग । साथै नागहरुको माता मनसा देवीको पनि आज पूजा गर्नुपर्दछ । आजको दिन यी नागहरुको पूजा गरेमा मानिसको जन्मकुण्डलीमा भएका नाग दोषहरु पनि समाप्त हुन्छन् भन्ने विश्वास छ ।

हाम्रो देश कृषि प्रधान देश हो । नाग र सर्पहरुले खेतको संरक्षण गर्दछन् । त्यसकारण नागलाई क्षेत्रपाल पनि भनिन्छ । मुसा, लगायतका जीवजन्तुबाट खेतीको रक्षा गर्ने भएकाले पनि नागको पूजा गरिन्छ ।
पुराणहरुमा नागहरुको बारेमा धेरै चर्चा छ । शक्तिशाली नागको शीरमा नागमणि पनि हुन्छ । नागमणिलाई अत्यन्तै दुर्लभ मणि मानिन्छ ।

नागले गाडिएको धन सम्पत्तिको पनि रक्षा गर्छ । कलियुग प्रारम्भको समयमा राजा परिक्षितको मृत्यु पनि तक्षक नाग बनेको थियो । भागवत महापुराणका अनुसार भगवान कृष्णले कालीय नाम गरेको नागबाट व्रजवासीहरुलाई रक्षा गर्नुभएको थियो । नागहरुले भगवानको प्रार्थना पनि गरेको प्रसंग छ ।

भगवान शिवले पनि आफ्नो गलामा वासुकी नागको माला लगाउनु भएको छ भने भगवान् विष्णु हजारौँ फणा भएको नागमा सुत्नुहुन्छ । नागको विशेष महिमाको कारण नै नागको यति धेरै चर्चा हाम्रा शास्त्रहरुमा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology