गोरखा ९ ,साउन – बारापाक सुलिकोट गाउँपालिकाले पहिरोले घर पूर्ण रुपमा क्षति भएका ३ घर परिबारलाई पहिलो चरणको राहत बितरण गरेको छ । गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ र प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी सहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर पिडितलाई राहात प्रदान गरेको हो ।
गएको केहीदिन अघि परेको अबिरल बर्षाका कारण घर पूर्ण रुपमाक्षती भएका वडा नम्बर ८ स्थित पन्द्रुङ तिनखण्डेका गोर्कण भट्ट, लालप्रसाद भट्ट र मायादेवी भट्टका परिवारलाई प्रति परिवार १०/१० हजार रुपैयाका दरले राहात उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।
अन्य पहिरो प्रभावितहरुको बास्तविक अबस्था बुझ्ने काम भइरहेको समेत उहाँले बताउनुभयो ।