गोरखा ९, साउन । गोरखा नगरपालिकाले नगरपालिकाको वडा नम्बर १ स्थित ताप्लेकी घरेलु हिंसामा पर्नुभएकी महिलालाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले घरेलु हिसाँमा पर्नुभएकी स्थानीयबासी रजिना खातुनलाई आर्थिक सहयोग गर्नुभएको हो ।
नगरपालिका हिसां पिडित उद्धारकोषबाट पिडित महिलालाई १० हजार रुपैया सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । नगरपालिका न्यायिक समितिले निर्णय गरेर उहाँलाई आर्थिक सहयोग प्रदान गरिएको नगरपालिकाको भनाई छ ।