Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा खेतमा पानी लगाउन गएकी ७२ बषिर्य बृद्वा मृत फेला


2.8K
Shares

गोरखामा खेतमा पानी लगाउन गएकी ७२ बषिर्य बृद्वा मृत फेला

गोरखा ९, साउन । गोरखाको मनकामनामा खेतमा पानी लगाउन गएकी एक बृद्वा मृक्त फेला परेकी छिन् । जिल्लाको शहिद लखन गाउँपालिका ३ की ७२ बर्षिया कृष्णकुमारी आले मृत अवस्थामा फेला परेकी हुन् । बुधबार बिहान खेतमा पानी लगाउन गएकी आलेको हटियाँ भन्ने स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

हिजो (बुधबार) बिहान ८ः३० बजे घरबाट खेतमा पानी लगाउन गएकी उनी राती अवेरसम्म पनि नफर्किए पछि परिवारले खोजविन गरेको र मनकामना प्रहरीमा खबर गरेका थिए । उनको आज बिहान मात्रै खोल्सीमा मृक्त अवस्थामा शव फेला परेको हो । टाउको पछाडी भागमा गहिरो चोट देखिएको उनलाई हत्या गरी फालिएको अनुमानमा प्रहरीले अनुसन्धान थालेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायब उपरिक्ष सहितको टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology