Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

३६ घण्टादेखि अबरुद्ध गोरखा आँबुखैरेनी सडक सूचारु


1.7K
Shares

३६ घण्टादेखि अबरुद्ध गोरखा आँबुखैरेनी सडक सूचारु

गोरखा ७, साउन । हिजो बिहानदेखि अबरुद्ध गोरखा आँबुखैरेनी सडक करिब ३६ घण्टापछि सूचारु भएको छ । करिब २४ किलोमिटर सडकखण्डको दर्जनौ ठाउँमा गएको पहिरो हटाएर अघि साँझदेखि सडक सूचारु गरिएको जिल्ला ट्रापिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । ‘अन्य ठाँउको पहिरो सवै क्लियर भयो, एधारकिलोको हकमा अस्थायी रुपमा भएपनि सडक सूचारु भएको छ, उहाँले भन्नुभयो ।

उक्त सडक खण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा ठूलो खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध सडकको पहिरो हटाउन हिजैदेखि प्रयास गरिएको भएपनि आजमात्र हटाउने काम सकिएको उहाँले बताउनुभयो । ‘आज मात्रै साना ठूला गरेर २०/२५ वटा पहिरो हटाइयो, प्रमुख ढकालले भन्नुभयो, ‘हिजो बिहान साढे ६ बजेदेखि अबरुद्ध सडक पहिरो हटाएपछि केहीबेर अघि मात्र सञ्चालनमा आएको हो ।’

बर्षाका कारण एधार किलोको मुख्य सडकको करिब ४ मिट पहिरो पिच सडक नै भासिएको भासिएपछि त्यसठाउँमा भने स्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द हुदा एम्बुलेन्स लगायतका अत्याबश्यक सवारी साधन समेत सञ्चालन हुन सकेको थिएन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology