गोरखा ७, साउन । गोरखामा बिहिबार (भोलि) देखि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण गएको चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक यातायात गोरखामा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गोरखा जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले लगतारको बर्षाका कारण सडक अबरुद्ध भएका क्षेत्रमा सवै क्षेत्रमा नियमित रुपमा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने बताउनुभयो । ‘सरकार यातायात व्यवसायी बिच केही सहमतीहरु भएका छन्, तिनै सहमतीका आधारमा भोलिदेखि गोरखा जिल्लामा पनि सार्वजनिक यातायात सञ्चालन हुन्छ ।’ उहाँले भन्नुभयो । नियमित रुपमा सार्वजनिक सवारी साधान सञ्चालनका लागि जिल्ला भित्रका सवै यातायात व्यवसायी पूर्ण रुपमा तयारीमा रहेको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले जानकारी दिनुभयो ।
‘यात्रु र सवारी चालक तथा सह–चालकहरुको सूरक्षाका लागि समेत बिशेष ध्यान दिएर सार्वजनिक सवारी सञ्चालनमा ल्याउने तयारीमा छौ, उहाँले भन्नुभयो,‘ यात्रुहरुका लागि आबश्यक सेनिटाइजर, चालक र सहचालकको सुरक्षाका लागि मास्कm गगल्स, पञ्जा लगायतको समेत व्यवस्था गर्ने तयारी व्यवसायीहरुले गरेका छन् ।