Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

नाम्जुङ स्वास्थ्य चौकीको भवन पहिरोको जोखिममा


3.6K
Shares

नाम्जुङ स्वास्थ्य चौकीको भवन पहिरोको जोखिममा

गोरखा ६, साउन । गोरखाको शहिद लखन गाउँपालिका–९ नाम्जुङको पँधेली डाँडामा रहेको नाम्जुङ स्वास्थ्य चौकीको भवन पहिरोको जोखिममा परेको छ । लगातार परेको अत्याधिक बर्षाका कारण स्वास्थ्यचौकीको पछाडी पट्टीको भागमा पहिरोको जोखिम रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

‘माथिपट्टीको भागबाट लगातार रातोमाटो बगिरहेको छ, भवनमा समेत रातोमाटो पसेपछि झनै जोखिम बढ्यो, उहाँले भन्नुभयो, उत्त भवनमा बसेर स्वास्थ्य सेवा दिनै नसकिने अबस्था रहेपछि त्यहाँ रहेका स्वास्थ्य सामग्री आज अन्यत्र सारिएको छ ।’

स्वास्थ्य चौकी नै पहिरोको जोखिममा परेपछि अहिले नजिकै रहेको नीजि घरमा सामान सारेर सेवादिन सुरु गरेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । बर्षातको अबस्था कस्तो हुन्छ, पानी पर्न छोडेपछि अहिलेकै भवनमा राखेर सेवा दिन सकिने अबस्था हुन्छ हुदैन निश्चित छैन, उहाँले भन्नुभयो, अबस्था हेरेर कहाँ राखेर संञ्चालन गर्ने भन्ने निर्णय पछि गछौैं ।’

यसै बिच स्वास्थ्यचौकीको भवन नै पहिरो जोखिममा परेपछि स्वास्थ्य चौकीले बालबालिकाहरुलाई सञ्चालन गर्दैै आएको नियमित खोप कार्यक्रम जनशक्ति माध्यामिक बिधालयमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology