गोरखा ४, साउन । गोरखा क्याम्पसको आइसोलेशनमा उपचाररत ५ जना कोरोना संक्रमित आज डिस्चार्ज भएर घर फर्किएका छन् । जिल्लाको विभिन्न पालिकाबाट कोरोना संक्रमण भएर उपचाररत ५ जना निको भएर घर फर्किएका हुन् । गोरखा क्याम्पसको आइसोलेशनबाट यो सहित ४६ जना उपचार पछि डिस्चार्ज भएका छन् ।
आज डिस्चार्ज हुनेहरुमा गोरखा र पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकका संक्रमितहरु रहेको क्वारिन्टीन सहितको आइसोलेशन केन्द्र गोरखा क्याम्पसले जनाएको छ । जसमध्ये गोरखा नगरपालिका ७ को ५३ बर्षिय १ जना पुरुष, पालुङटार नगरपालिका ७ को २० र ४६ बर्षिया २ जना महिला र २३ बर्षका १ जना पुरुष र शहिद लखन गाउँपालिका ९ को ३५ बर्षका १ जना पुरुष सहित ५ जनालाई डिस्चार्ज गरिएको मेडिकल अधिकृत डाक्टर कमलराज रोकाले जानकारी दिनुभयो ।
डिस्चार्ज गरिएका सबैलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंबाट पिसिआर रिर्पोट नेगेटिभ आए पछि घर पठाईएको उहाँले बताउनुभयो । अब गोरखा क्याम्पसको आइसोलेशनमा ६ जना कोरोना संक्रमति उपचाररत छन् ।