Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोनाबाट आज थप एक जनाको मृत्यु : आज मात्र १०१ जना संक्रमित


1.7K
Shares

कोरोनाबाट आज थप एक जनाको मृत्यु : आज मात्र १०१ जना संक्रमित

गोरखा २, साउन ।  नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वृद्धको मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–१ का ७३ उनी असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्टमा कोरोना भएको देखिएको छ । उनी मुटुका रोगी समेत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैबिच  नेपालमा आज थप १ सय १ जनामा कोरोना सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । आज २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो ६६ दशमलब १२ प्रतिशत हो । नेपालमा संक्रमितको संख्या भने १७ हजार ४ सय ४५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology