गोरखा २ साउन। जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाम क्षेत्र भित्र रहेका अबैध गाँजाको बोट शुक्रबार ((आज) फडानी गरेको छ । गोरखा नगरपालिका–८ खत्री गाउँ क्षेत्रमा अबैध रुपमा रहेका गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्लाभर गाँजा फडानीको अभियानलाई तिव्र पारेका प्रहरीले सदरमुकामको खत्री गाउँमा क्षेत्र वरपर २ रोपनी क्षेत्रफलमा रहेका गाँजाका बोट फडानी गरेको हो ।
प्रहरीले सो क्षेत्रमा रहेका करिब ६ सय भन्दा बढि बयस्क गाँजाको बोट फडानी गरेको हो । फडानी गरिएका सबै गाँजाको बोटहरु प्रहरी कार्यालयको परिषरमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।