Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

टुङ्गियो सिरानचोक गाउँपालिकाको केन्द्र बिबाद : ३७ जनाको समर्थनमा चित्रेपोखरीमा केन्द्र राख्ने निर्णय


1.5K
Shares

टुङ्गियो सिरानचोक गाउँपालिकाको केन्द्र बिबाद : ३७ जनाको समर्थनमा चित्रेपोखरीमा केन्द्र राख्ने निर्णय

गोरखा ३१, असार । गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमा राख्ने निर्णय भएको छ । गाउँपालिकाको आज सम्पन्न छैठौँ गाउँसभाले गाउँपािलकाको केन्द्र चित्रेपोखरीमा राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

गाउँसभाको दुईतिहाइ भन्दा धेरै सदस्यले चित्रेपोखरीको पक्षमा समर्थन जनाएपछि चारबर्षदेखि अल्झिएको केन्द्र बिबाद ढुङगो लागेको हो । गाउँसभाका ४३ सदस्यमध्ये ३७ जनाले चित्रेपोखरीको पक्षमा मत जाहेर गरेका गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिनुभयो । पाँच जना सदस्य भने तटस्थ रहेका उहाँको भनाई छ ।

चित्रेपोखरीलाई केन्द्र बनाउनु पर्छ भन्नेमा नेकपाबाट विजयी गाउँसभाका सदस्यहरु बिमला गुरुङ र गंगा सुनारले प्रस्ताब गर्नुभएको थियो । सो प्रस्ताबमा गाउँपालिकाकी उपप्रमुख उपाध्यक्ष रीता देवकोटा, संसदीय दलका नेता जयकृष्ण ढकाल, वडा नं. ३ का अध्यक्ष वीरबहादुर थापा, वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नं. ६ का अध्यक्ष नारायण दानीले समर्थन जनाएका थिए ।

यसअघि सिरानचोक गाउँपालिकाको अस्थायी केन्द्र छोप्राक मैदानमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology