गोरखा २८, असार- कोराना अर्थात कोभिड १९को संक्रमित दिनादिन बढ्दै गईरहेको अवस्थामा आज (आईतबार) गोरखा सदरमुकाममा लायन्स क्लब अफ गोरखाले माक्स वितरण गरेको छ । माक्स वितरण कार्यक्रम लायन्स क्लब अफ गोरखाको आयोजना तथा लायन्स क्लब अफ गोरखा कालिका, लियो क्लब अफ गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखा र जिल्ला ट्राफिक कार्यालय गोरखाको सहकार्यमा सर्वसाधारणलाई माक्स बितरण गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमको अबसरमा सदरमुकामको हरमटारीचोकदेखि बसपार्कसम्मका नागरिकहरुलाई कोरोना भाइरसका सुरीक्षत राख्न जनचेतना मूलक सन्देश सहितको नारा लगाइएको थियो ।
‘माक्स लगाउ कोरोना भाइरस (कोभिड १९) को न्युनिकरण गरौं’ भन्ने नाराका साथ सहभागीहरुले नागरिकहरुलाई कोरोना संक्रमणको सम्भावित जोखिमको रोकथामका लागि अनिबार्य मास्क लगाएर हिड्न आग्रह समेत गरेका थिए । क्लबले मास्क नलगाई हिडेकाहरूलाई लगाउन प्रोत्साहित गर्दै १ हजार थान माक्स बितरण समेत गरेको क्लबले जनाएको छ ।