गोरखा २७, असार । गोरखामा कोरोना संक्रमणबाट ज्यान गुमाएका पालुङटार नगरपालिका–७ च्याङ्लीका युवकको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अमेरिकमा रहेका गोर्खालीहरुबाट संकलित रकम एक कार्यक्रमका बिच पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेलले मृतका परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
अमेरिका गोरखा सम्र्पक समाजले मृतकका परिवारका लागि रु १ लाख ११ हजार १११ रुपैया सहयोग संकलन गरि पठाएको थियो । पिडित परिवारका बालबच्चाहरुलाई लालनपालनका साथै पठनपाठनमा समेत सहयोग पु¥याउने उद्देस्यले सहयोग प्राप्त भएको गरिएको हो ।
यहि असार २० गते गोरखा अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि च्याङ्लीका ४० बर्षिय युवकको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका श्रीमती १ छोरा र १ छोरी रहेका छन् । रोजगारी सिलसिलमा कतारमा ति युवकको नेपाल फर्किएको ३ दिनमै मृत्यु भएको थियो ।