Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा बोर्लाङ घर भएका बालाजु बृत्तमा कार्यरत प्रहरी निरीक्षकमा कोरोना संक्रमण


7.6K
Shares

गोरखा बोर्लाङ घर भएका बालाजु बृत्तमा कार्यरत प्रहरी निरीक्षकमा कोरोना संक्रमण

गोरखा २७, असार । बालाजु बृतमा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमणको पुष्टी भएको छ गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ घर भई महानगरीय प्रहरी बृत बालाजुमा कार्यरत प्रहरी निरीक्षकलाई कोरोना संक्रमणको भएको हो । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको भइरहेको छ । कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनको कुनै ट्राभल हिस्ट्री भने छैन ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ । उनीहाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका  ११ मा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology