Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

लगातारको बर्षाले बाढी पहिरोको जोखिम बढेको छ, सजग रहनुहोस् :अध्यक्ष थापामगर


1.1K
Shares

लगातारको बर्षाले बाढी पहिरोको जोखिम बढेको छ, सजग रहनुहोस् :अध्यक्ष थापामगर

गोरखा २६, असार । शहिद लखन गाउँपालिका गोरखाले असार २८ गतेसम्म लगातार बाढी पहिरोको बढी जोखिम रहेकाले सचेत रहन गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले आज (शुक्रबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिएको जानकारी अनुसार असार २५ देखि २८ गतेसम्म यो बर्षकै सवैभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले गाउँपालिका भित्रका खोला नाला, नदीनालामा बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

बिज्ञप्तीमा सम्भावित जोखिमलाई ध्यान दिई सम्पूर्ण गाउँपालिका बासीलाई चनाखो हुन र सुरक्षाको उपाय अवलम्बन गर्न समेत अध्यक्ष थापामगरले आग्रह गर्नुभएको छ ।

त्यस्तै सम्भावित जोखिम प्रति सजग रहदै गाउँपालिका तथा मातहतका सम्पूर्ण कार्यालयहरुलाई तयारी अबस्था राखिएकाले कुनै समस्या भए तत्काल नजिकको वडा कार्यालय, रेडक्रस तथा गाउँपालिका कार्यालयमा खबर गर्न पनि उहाँले बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology