Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पाकिस्तानी सेनाको गोलीबाट मारिए भारतीय सेनामा कार्यरत गोरखा एक युवक मारिए


2.4K
Shares

पाकिस्तानी सेनाको गोलीबाट मारिए भारतीय सेनामा कार्यरत गोरखा एक युवक मारिए

गोरखा २६, असार –  जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल क्षेत्रमा  पाकिस्तानी सेनाले प्रहार गरेको गोली लागेर भारतीय सेनामा कार्यरत गोरखाको आरुघाट गाउँपालिका मान्वुका एक युवकको ज्यान गएको छ ।

भारतीय सीमा रक्षाका क्रममा खटिएको गोरखाको मान्वु घर भएका भारतीय सेनाका हवल्दार ३६ वर्षीय सम्बर गुरुङको ज्यान गएको हिन्दुस्थान टाइम्सले जनाएको छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार गुरुङको मृत्यु भएको हो ।

जम्मु–कश्मीरको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको गोली हानाहानमा गम्भीर घाइते भएका गुरुङको शुक्रबार (आज) बिहान) निधन भएको भारतीय रक्षा प्रवक्ता देवेन्दर आनन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो। यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवल्दार दीपक कार्कीको मृत्यु भएको भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology