गोरखा २३, असार – गोरखा जिल्ला भित्रका आइसोलेसनमा उपचाररत ५२ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । जिल्लामा मंगलबार थप २१ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएसंगै कोरोना निको हुनेको संख्या ५२ पुगेको हो ।
आज उपचारपछि निको भएर घर फर्कनेमा ७७ बर्षिय बृद्ध सहित १९ जना महिला र २ जना पुरुष रहेको जनाइएको छ । गोरखा नगरपालिकाको बहिरा आवासिय माविको क्वारेन्टाइनमा सक्रमणको पुष्टी भएका ७७ बर्षिय बृद्धा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
डिस्जार्ज हुने अन्यमा जिल्लाको पालुङटार नगरपालिका–७ का बर्ष ४१, ४५, र २८ बर्षका ३ जना पुरुष, बारपाक सुलिकोट गाउँपालिकाका २४ बर्षका एकजना पुरुष, गोेरखा नगरपालिका १५ बर्षिय बालक सहित २ जना, रहेका छन् ।
त्यस्तै जिल्लाको भीमसेन थापा गाउँपालिका २८, ३१, २२, ५८, ३०, ४७ २६, ३५, र ३३ बर्षका गरि २ महिला र ९ जना पूरुष पनि कोरोना जितेर आजै घर फकिएका छन् भने अजिरकोट गाउँपालिकाका ५० बर्षका एक पुरुष र शहिद लखन गाउँपालिका ३ जना पुरुष पनि उपचार पछि निको भएर घर फर्किएका छन् ।