गोरखा २२, असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका कोरोना संक्रमित कर्मचारीको कन्ट्रयाकट ट्रेसिङका क्रममा नुमना संकलन गरिएकाहरुको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखरामा गरिएको पिसीआर परीक्षणका क्रममा सवैको रिर्पोट नेगेटिभ गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि उनको सम्र्पकमा रहेका १ सयजनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको थियो । गाउँपालिका अध्यक्ष भट्टले आज एक बिज्ञप्ती जारी गरि स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकाहरुको नेगेटिभ रिर्पोट आएको बताउनुभयो । गाउँपालिकाले कर्मचारीमा नै कोरोना संक्रमणको पुष्टी भएपछि संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै यहि असार १७ गतेदेखि आजसम्म गाउँपालिका भित्रका स्वास्थ्यचौकी बाहेक सवै कार्यालय बन्द गरेको थियो भने सवै कर्मचारीहरुलाई क्वारेन्टाइन राखिएको थियो ।
गउँपालिकाका अध्यक्ष भट्ट सहित प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, लगायतका सवैको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो । सवैको रिर्पोट नेगेटिभ आएपछि भोलीदेखि पालिका भित्रका सवै कार्यालय नियमित सञ्चालन गरिने गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।