Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा बोर्लाङकी २७ बर्षिय महिलाले गरिन् भुण्डिएर आत्महत्या


2.9K
Shares

गोरखा बोर्लाङकी २७ बर्षिय महिलाले गरिन् भुण्डिएर आत्महत्या

गोरखा २०,असार- गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा एक महिलाले आज झुण्डिएर आत्माहत्या गरेकी छिन् । बोर्लाङ चाहपानीकी २७ बर्षिय अन्जु रोकाले घरदेखि करिब ४५ मिनेट टाढा सिमलटारको कुमाल पधेरोमा भन्ने ठाउँमा गएर रुखमा झुण्डिएर आत्माहत्या गरेकी हुन् । बिहान घरमा भएको सामान्य विवादलाई लिएर अन्जु घरबाट निस्किएकी हिडेकी मृतका श्रीमान सेते रोकाले जानकारी दिनुभयो ।

बिहान करिब ७:३० बजे कुवाँमा पानी भर्न गएकी एक बालिकाले रुखमा महिला झुण्डिएको देखेपछि अरुलाई जानकारी गराएपछि घटनाबारे थाहा भएको हो । घटनाका जानकारी पाएलगत्तै प्रहरीलाई खबर गरेको वडा नम्बर ७ का वडासदस्य जीवन कुमालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्रहरीको टोली घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टर्माटका लागि गोरखा अस्पताल पठाइएको कुमालले बताउनुभयो । करिब एकहप्ता अघिमात्र त्यही ठाउँकी एक महिलाले पनि घरमै झुण्डिएर आत्माहत्या गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology