गोरखा २०, असार- नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण गोरखा अस्पताल ज्यान गुमाएका ब्यक्तिलाई हिजो (शुक्रबार) मात्र कोरोना संक्रमण भएको पुष्टी भएको छ । पालुङटार नगरपालिकाको च्याङलीमा रहेको जिवनज्योती माविको क्वारिन्टीनमा बसेका उनमा रुघाखोकी देखिन थालेपछि स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा शुक्रबार मात्र उनको कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
कोरोना संक्रमण पुष्टी भए लगत्तै राती ९ः५५ बजे गोरखा अस्पतालको आइसोलेशन कक्षमा ल्याएर उपचार गरिएको उनको शनिबार बिहान ५:०५ बजे ज्यान गएको थियो । ‘संक्रमितलाई अस्पताल ल्याउने बित्तिकै औषधी चलाईएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
उनलाई एम्बुलेन्सबाट झार्ने बित्तिकै अक्सिजन दिएर आइसोलेशन कक्षमा लगिएको र आवश्यक औषधी चलाईएको थियो । मृतको शब अहिले गोरखा अस्पतालमा नै राखिएको छ । उनी केही साता अगाडी मात्र कतारबाट नेपाल आएका थिए ।