गोरखा २०, असार । गोरखा जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७ निवासी ४४ बर्षिय ब्यक्तिको कोरोना सक्रमण्का कारण मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेण्डन्ट डा.नबिन थापाले जानकारी दिनुभयो ।
शुक्रबार राती ९ः५५ बजे गोरखा अस्पतालको आइसोलेशनमा राखेर उपचार गराईएका ति ब्यक्तिको आज (शनिबार) बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको उहाँले बताउनुभयो ।