Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

फेसबुक लाइभमा आएर युवतीले गरिन् आत्माहत्या


2.3K
Shares

फेसबुक लाइभमा आएर युवतीले गरिन् आत्माहत्या

दाङ १८, असार । दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ आएर आत्महत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षीया एलिसा गौतमले आज (बिहिबार ) बिहान १ः २५ बजे फ्यानमा पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन् ।

एलिसा माइतीमा एक्लै बस्दै आएको खुल्न आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । श्रीमानसंग सम्बन्धबिच्छेद गरेकी उनको एक छोरी छन्। उनका बुवाआमा भारत बस्छन्।

गौतमले फेसबुकमा लाइभबाट आत्महत्या गर्न लागेको पहिलो खबर डिएसपी सिंहलाई चितवनका एक पत्रकारले गराएका थिए । खबर पाए लगत्तै डिएसपी सिंहले प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा १२ जनाको प्रहरी टोली साइरन बजाउँदै सम्भावित क्षेत्रमा युवती खोज्न पठाए पनि बचाउन सम्भव नभएको जनाइएको छ ।

युवतीलाई बचाउन डिएसपी सिंहले युवती बसेको स्थान पत्ता लगाउन प्रहरीको साइबर क्राइम विभागसँग सम्पर्क गरेर काम गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology