गोरखा १७, असार – गोरखामा बिहेको प्रलोभन देखाई बलत्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । तनहुँको आबँखैरेनी गाउँपालिका–२ खोलागाउँका २९ बर्षका तुलबहादुर गुरुङलाई बलत्कारको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका गुरुङले यहि असार १२ गते गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीको शिवमन्दिर नजिकै सार्वजनिक शौचालयमा लगेर की २१ बर्षिय यवतीलाई जबरजस्ती बलत्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनापछि पिडितले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको हो ।
उनले यसअघि पनि अनुचित प्रभावमा पारे युवतीलाई गोरखा चितवन र तनहुँ लगायतका बिभिन्न जिल्लाका होटलमा पु¥याएर जबरजस्ती करणी गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ । अल्लिल भिडियो बनाई सामाजिक सञ्जालमा राखिदिने धम्की दिएर उनले पटक–पटक युवतीलाई बलत्कार गर्दै आएको प्रहरीको भनाई छ । पक्राउ परेका युवक माथि जिल्ला अदातल गोरखाबाट म्यादथप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।