Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा जंगली च्याउ खाँदा एकैपरिवारका ५ जना गम्भीर बिरामी


1.8K
Shares

गोरखामा जंगली च्याउ खाँदा एकैपरिवारका ५ जना गम्भीर बिरामी

गोरखा १६, असार । गोरखामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । आरुघाट गाउँपालिका–४ थुमिस्थित जामुने स्थित गाइने विक, उहाँको श्रीमती, छोरा र दुई छोरी बिरामी भएको आरुघाट गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर धमलाले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत हाम्रो वडामा पनि भइरहेको छ, त्यहाँ काम गर्न आएको बेला घरमुली गाइनेले च्याउको तरकारी खाएको र असजिलो महसुस भएको सँगैको साथीलाई भनेका रहेछन्, उहाँ केहीबेरमा ढल्नु पनि भएछ,’उहाँले भन्नुभयो, ‘पछि घरमा गएर हेर्दा सबै जना बिरामी परेको पायौं ।’ वाकवाक गर्ने, रिङ्गाटा लाग्ने समस्या उनीहरुमा देखिएको उहाँले बताउनुभयो ।

गाउँलेको सहयोगमा पाँचै जनालाई आर्खेत ल्याएर मेडिकलमा सामान्य उपचार गरेर आरुघाट हेल्थ पोष्ट ल्याइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology