नागरिक सवाल संबाददाता
रौतहट ११, असार । रौतहटको बौधीमाई नगरपालिकाका नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
भारतीय सिमानासंग उत्त गाउँपालिकामा शनिबार उनिहरुमा कोरोना संक्रमणको पुष्टी भएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थपिएका कोरोना संक्रमित मध्ये वडाध्यक्ष र कर्मचारी समेत रहेको नगर स्वास्थ सहसंयोजक राकेश कुमार यादवले जानकारी दिनुभयो ।
यो संगैं रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ ।