Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

शव अन्त्येष्टीमा खटिएका २ सैनिकमा पनि कोरोना संक्रमण पुष्टि


1.2K
Shares

शव अन्त्येष्टीमा खटिएका २ सैनिकमा पनि कोरोना संक्रमण पुष्टि

नागरिक सवाल संवाददाता ।
पाल्पा १३, असार । कोरोना संक्रमणवाट ज्यान गुमाएका ब्यक्तिको शव अन्त्येष्टीमा खटिएका सैनिकमा कोरोना संक्रमण पुष्टी भएको छ । पाल्पामा शव ब्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको जेठ २० गते पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको निधनपछि उहाँको शव ब्यवस्थापनमा खटिएका २ जना सैनिकमा संक्रमण देखिएको हो ।

शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दुबै सैनिकलाई अहिले आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology