Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न स्थानीयको रोक : प्रहरीद्धारा ८ राउण्ड हवाई फायर


2.2K
Shares

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न स्थानीयको रोक : प्रहरीद्धारा ८ राउण्ड हवाई फायर

पोखरा ११, असार । पोखरामा कोरोना संक्रमित एक पूरुषको शव व्यवस्थापनमा स्थानीयबासीले अबरोध गरेपछि प्रहरी हवाई फायर गर्नुपरेको छ । कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन पोखरा–३२ का स्थानीयबासीले अबरोध गरेपछि प्रहरीले हवाई फायर गरेर भीडलाई नियन्त्रणमा लिनुपरेको हो ।

डोजरले खाडल खन्न लागेको मेसो पाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयले अबरोध गरेपछि झडप समेत भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर भएको कास्की प्रहरीका प्रवक्त डिएसपी सुवास हमालले जानकारी दिनुभयो । प्रहरीले ८ स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

अबरोधका बिच मृतक पूरुषको शव व्यवस्थापन गरिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिनुभयो । उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology