Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आज एकैदिन १८ जना कोरोना संक्रमित भेटियो


5.5K
Shares

गोरखामा आज एकैदिन १८ जना कोरोना संक्रमित भेटियो

नागरिक सवाल संबाददाता
गोरखा ९, असार । गोरखाजिल्लामा आज (मंगलबार) एकैदिन थप १८ जना संक्रमित भेटिएको छ । जिल्लाको बारपाक सुलिकोट, भीमसेन थापा, गण्डकी, अजिरकोट र शहिद लखन गाउँपालिमा थप १८ जनामा संक्रमण भेटिएको पुष्टी भएको हो ।

स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका १८ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो । जस मध्ये ८ जना महिला र १० जना पुरुष रहेका छन् । ‘स्वाब पठाईएका मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १३ जना र पोखराको ल्याबबाट ५ जनालाई कोरोना संक्रमण देखिएको’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

प्राप्त विवरण अनुसार बारपाक सुलिकोटमा १ जना पुरुष, भीमसेन थापा गाउँपालिकामा ८ जना महिला र ४ जना पुरुष, बारपाक सुलिकोटमा १ पुरुष,  गडण्की गाउँपालिकामा १ पुरुष, अजिरकोट गाउँपालिकामा १ पुरुष र शहिद लखन गाउँपालिकामा ३ पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ ।  संक्रमित सबैको पहिचान भई रहेको र उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology