गोरखा ७, असार । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ स्थित महादेवटारका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३० जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ । संक्रमणको पुष्टी भए लगत्तै शनिबार संक्रमित युवकको गाउँमा पुगेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरिएको हो ।
वडाध्यक्ष बासु थापा सहितको स्वास्थ्यकर्मीको टोलीले महादेवटारमा पुगी संक्रमित व्यक्तिलाई भेटेर उनिसंग बढि भेटघाट र उठबस भएका व्यक्तिहरुको पहिचान गरिएको जनाइएको छ । ‘पहिलो चरणमा ३० जनाको पहिचान भएको र उनिहरुको स्वाबं संकलन लागि तयारी भईरहेको कन्ट्रयाक्ट ट्रेसिङमा संलग्न जनस्वास्थकर्मी प्रितम श्रेष्ठले जानकारी दिनुभयो ।
‘संक्रमित युवकसंगै पौडी खेल्न गएकाहरु, तथा उठबस भएकाहरुको परिचान गर्दा ३० जना पुगेको छ, उहाँले भन्नुभयो, ‘कोही छुटेको भए उनिहरुको पनि पहिचान हुन्छ ।’ पहिलो चरणमा पहिचान भएका व्यक्तिको स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइने र थप संक्रमण भेटिए अर्को चरणको कन्ट्रयाक्ट ट्रेसिङ गरिने उहाँको भनाई छ ।फोटो सामजिक सञ्जालबाट