गोरखा ६, असार । गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमित निको भएर घर फर्किएपछि (नेपाल कम्युनिष्ट पाटी (नेकपा) गोरखाका अध्यक्ष लेखबहादुर थापाले उपचारमा संलग्न सवै स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिनुभएको छ ।
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहनु भएका अध्यक्ष थापामगरले सामाजिक सञ्जाल मार्फत सवैलाई धन्यबाद दिनुभएको हो ।
उहाँले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि भूमिका खेल्नु हुने सवै चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अस्पताल बिकास समिति लगायतको उच्च मूल्याङ्कन हुने उल्लेख गर्नुभएको छ ।
गोरखा अस्पतालबाट कोरोनालाई जितेर बिरामी घर फर्किनुले बिरामी निको भएको मात्र नभइ आम नागरिकको मनोबल पनि उच्च भएको अध्यक्ष थापामगरले उल्लेख गर्नुभएको छ ।