Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आइसोलेसन वार्ड नबन्दा कोरोना संक्रमित क्वारेन्टाइनमै


2.4K
Shares

गोरखामा आइसोलेसन वार्ड नबन्दा कोरोना संक्रमित क्वारेन्टाइनमै

गोरखा ५, असार । आईसोलेसन वार्ड समयमा निर्माण सम्पन्न नहुदा आज कोरोना संक्रमणको पुष्टी भएका ११ जनालाई सम्बन्धित क्वारेन्टाइनमा राखिने भएको छ । गोरखा अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्डहरु सवै संक्रमितहरुले भरिएको र थप निर्माण गर्न ढिलाई हुदा संक्रमितहरुलाई आइसोलेसन वार्डमा ल्याउन नसकिएको छ । गोरखा नगरपालिका–५ स्थित गोरखा क्याम्पसमा निर्माण गर्ने भनिएको १ सय बेड क्षमताको क्वारेन्टाइन सहितको आइसोलेसन वार्ड आजसम्ममा २५ बेड पनि तयार हुन सकेको छैन ।

हिजोबाट मात्र काम सुरु गरेकाले वार्डहरु तयार भईसकेका छैन, जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङले भन्नुभयो, ‘वेड त २०÷२५ वटा नै बनिसकेको छ तर अन्य संरचना निर्माण हुन बाँकी रहेका कोरोना संक्रमितहरुलाई राख्न सक्ने अबस्था रहेन ।’ शौचालय, बाथरुम लगायतका संरचना बन्न बाँकी रहेकाले संक्रमितलाई आइसोलन वार्डमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।

क्याम्पसको तल्लो तल्लाका काम भइसकेको भएपनि माथिल्लो तलामा काम गर्न बाँकी नै रहेको हुदा संक्रमितलाई ल्याएर राखेपछि काम गर्न समस्या हुने भएकाले हिजो उनिहरुलाई अहिले बसिरहेको क्वारेन्टाइनमै सुरक्षितहरुलाई ढ्रगबाट राख्न निर्देशन दिइसकेको गुरुङले जानकारी दिनुभयो । उहाँले सिसिएमसीको बैठकले संक्रमित फेला परेका स्थानीयतहरुलाई भोलीसम्मका लागि संक्रमितलाई अहिलेकै ठाउँमा व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology