गोरखा २९, जेठ । गाई मारेको आरोपमा पक्राउ परेका गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ ग्याँजीका चार जना पुर्पक्षका लागि बिहिवार कारागार चलान भएका छन् । जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि अदालतले उनिहरुलाई कारागार चलान गर्न आदेश दिएकाले सवैलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अदालतको आदेशपछि १९ बर्षका केवल नेपाली, २२ बर्षका राजु नेपाली, २२ बर्षकै पारस रम्तेल र २५ बर्षकी सुपारी काली भनिने सबिना नेपालीलाई कारागार पठाइएको हो । उनिहरु यहीँ जेठ २० गतेराती छिमेकी भीम नेपालीको गोठमा बाँधेर राखेको गाई चोरी गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले चोरेर काटेको गाईको मासु प्लास्टिकको झोलामा लुकाई राखेको अबस्थामा उनिहरुलाई जनालाई पक्राउ गरेको थियो ।
कारागार पठाउनु अघि आरोपित सवैको पिसिआर बिधिबाट कोरोना परीक्षण समेत गरिएको थियो । परीक्षणका क्रममा सवैको कोरोना रिर्पोट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।