गोरखा २५, जेठ । गोरखा जिल्लामा शनिबार कोरोना संक्रमण पुष्टी भएका मध्ये १ जना प्रहरीको हिरासतमा रहेका युवक भएको पुष्टी भएको छ ।
हिरासतमा रहेका पालुङटार नगरपालिकाका १७ बर्षिय युवकको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोशाला पोखरामा पठाइएको थियो । उनको रिर्पोट पोजेटिभ आएको हो ।
हिरासतमा रहेका उनि जबरजस्ती करणी मुद्दामा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।