गोरखा २५, जेठ । गोरखा जिल्लामा पहिलो पटक १० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोशाला पोखरामा शनिबार गरिएको स्वाब परीक्षणका क्रममा जिल्लाको गण्डकी गाउँपालिकाका ९ जना र पालुङटार नगरपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका प्रबक्ता डा। बिनोद बिन्दु शर्माले आज बिहान जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा गोरखाका संक्रमितहरु सवै पूरुष रहेको जानकारी दिनुभएको छ । संक्रमितहरुमा २५, ३२, २०, ४३, ३०, २०, २३ र २१ बर्षका २ जना पुरुष रहेको बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै अर्का एक जना संक्रमित पालुङटार नगरपालिकाका १७ बषिय युवा भएको पुष्टी भएको छ ।
संक्रमितहरु अहिले गण्डकी गाउँपालिकाको भीमेदय आधारभूत बिधालय खसटारमा रहेको क्वारेन्टिनमा ४ जना, रत्नेश्वर मा।वि दर्बुङको क्वारेन्टिनमा रहेका ४ जना, ज्ञानमार्ग मा।विको क्वारेन्टिनमा बस्दै आएका १ जना रहेका छन् । अर्का संक्रमित पालुङटारका युवक भने जिल्ला प्रहरी कार्यालय गोरखामा थुनामा रहेका व्यक्ति रहेका व्यक्ति भएको पुष्टी भएको छ । उनिहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याएर उपचार गर्ने तयारी भइरहेको छ ।