Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा छिमेकीको गोठको गाई चोरेर काट्ने ४ जना पक्राउ


7.6K
Shares

गोरखामा छिमेकीको गोठको गाई चोरेर काट्ने ४ जना पक्राउ

गोरखा २२, जेठ । गोरखामा गाई काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका स्थानीबासीे बर्ष १९ का केवल नेपाली, बर्ष २२ बर्षका राजु नेपाली , २२ बर्षका पारस रम्तेल र २५ बर्षका सबिना नेपालीलाई पक्राउ गरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेकाहरुले गएको मंगलबार रातको समयमा स्थानीय भीम नेपालीको गोठको गाई चोरेर काटेको प्रहरीको भनाई छ । उनीहरुविरुद्ध ‘गोवध’ शीर्षकमा मुद्धा दर्ता गरि अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

स्थानीयबासीले दिएको सूचनाको आधारमा गएको प्रहरीले प्लास्टिकोबोरामा बाँधेर बारीमा खाल्डो खनेर लुकाइ राखेको अबस्थामा गाईको मासु समेत बरामद गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology