बैतडी २०, जेठ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ ।
पुर्चौडी नगरपालिका–४ स्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सोही ठाउँ घर भएका २२ वर्षका युवतीको सोमबार साँझ मृत्यु भएको हो ।
उनी केही दिनअघि मात्रै भारतबाट आएको र दमको बिरामी भएको नगरपालिकाका प्रमुख मोहनराज जोशीले जानकारी दिनुभयो