Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बाजुरामा २ बर्षिया बालिकाको कोरोना संक्रमणबाट मृत्यु


3.5K
Shares

बाजुरामा २ बर्षिया बालिकाको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डौ १८, जेठ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएको बालिका कोरोन बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाको आइतबार बिहान मृत्यु भएको हो । उनको स्वाब संकलन गरि सेति प्रादेशिक प्रयोगशालमा पठाइएको थियो । आज दिउँसो आएको रिपोर्ट अनुसार उनको कोरोनाका कारणले मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाइ पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ अर्था कोरोना नभएको आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेन्टाइनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या देखिएको थियो । यसैबीच, वालिकाको कोरोनाका कारण मृत्यु र आमा पनि संक्रमित देखीए संगै बुढिगंगा नगरपालिका १ को धुरालसैन माबि सिल गर्ने निणर्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology