धादिङ ११, जेठ – धादिङमा हतियार सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको खनियाबास गाउँपालिका–१ को झार्लाङबाट हतियारसहित स्थानियबासी २७ वर्षिय राजु तामाङ र नीलकण्ठ नगरपालिका– ८ ससाहका ३३ वर्षिय हरिबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनिहरुलाई शंकास्पद लागेर खानतलासी गर्दा झोलामा खुकुरी लगायतका सामान सहित पक्राउ गरिएका धादिङका डिएपी रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ परेका हरिबहादुर केही वर्ष अगाडी दार्खा चौकीको हिरासतबाट प्रहरीको हत्कडी सहित भागेको फरार अभियुक्त भएको पाइएको छ ।
पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।