Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

प्रहरीलाई देखेर १० लाख रकम बाटोमै छाडेर भागेपछि…


3.2K
Shares

प्रहरीलाई देखेर १० लाख रकम बाटोमै छाडेर भागेपछि…

काठमाण्डौ ९, जेठ । रौतहटको इशनाथ नगरपालिका ९ दुलरीयाको सडकबाट प्रहरीले १० लाख पाँच हजार रकम फेला पारेको छ। बिहीबार बिहान गस्तीमा निस्केको प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार एक व्यक्ति भाग्न थाले। ती व्यक्तिलाई प्रहरीले पछ्याउँदै जाँदा उनले आफूसँग भएको पैसा र मोटरसाइकल छाडेर भागेका थिए। ‘उसले पैसा र मोटरसाइकल छाडेर भाग्यो।

हामीले मोटरसाइकल र रकम बरामद गरेका छौं,’ रौतहटका एसपी रविराज खड्काले भन्नुभयो, ‘ती व्यक्तिलाई भने पक्राउ गर्न पाएनौं।’ उहाँका अनुसार यस घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा समेत लिइएको छ।

‘सोधपुछ गर्दा उसले आफ्नो नभएको बताएको छ,’ उहाँले भन्नुभयो। प्रहरीलाई देखेपछि कसले किन यति धेरै रकम छाडेर भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology