बीरगञ्ज ६, जेठ । बिरगंजकोआदर्शनगर स्थित कैलाश चोक नजिक रहेको चित्रलेखा स्टुडियोमा लकडाउनको मौका छोपी यौन धन्दा सञ्चालन गरेका पाइएको छ । प्रहरीले घटनामा संलग्न ५ जनालाई छापामारी पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगरमा रहेको एक फोटो स्टुडियो यौनधन्दा चलाएको आरोपमा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा गएको प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ हो । पक्राउ गरेका पाचै जनालाइ आवश्यक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक चौधरीले जानकारी दिनुभयो। प्रहरी स्टुडियोमा छापामार्न आएपछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।
यता प्रहरीले घटना बारे अनुसन्धान भइ रहेकोले अहिले केही भन्न नमिल्ने बताएको छ । स्थानियले दिएको सुचनाको आधारमा दुई युवती सहित पाचै जनालाई स्टुडियो बाट पक्राउ गरेका हौ ,थप अनुसन्धान भइ रहेको पर्सा प्रहरीले जनाएको छ । ‘
स्थानियले दिएको सुचनाको आधारमा दुई युवतीसहित पाचै जनालाई स्टुडियो बाट पक्राउ गरेका हौँ । लकडाउन तथा निषेधाज्ञाको धज्जी उठाउँदै स्टुडियोका सचालक प्रजापतीले स्टुडियोमा यौनधन्दा चलाउँदै आएको स्थानियले आरोप लगाएका छन् । थप अनुसन्धान भइ रहेको छ’ पर्सा प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले भन्नुभयो।