गोरखा ४ बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका– १ मसेलमा कोरोना संक्रमणको नियन्त्रणको कामना गर्दै आइतबार स्वस्ती शान्ति, रुद्रीपाठ र हवन गरिएको छ । स्थानीय बृन्द्राबती मन्दिरमा स्थानीयबासीहरुको संक्रियतामा चण्डी तथा रुद्री पाठ सहित हवन गरिएको स्थानीय बिनोद पाण्डेले जानकारी दिनुभयो ।
मन्दिरमा दुईदिन सम्म पाँच जना पण्डितले रुद्री पाठ गर्दै हवन गरेको जनाइएको छ । मन्दिरमा पुजा पाठ गर्नका लागि गाउँभरीका सवैले घरधुरीले धुपअछेता उठाएर पठाएका थिए । सो गाउँमा पहिले पनि ठूलाठूला बिपतका बेला पुजापाठ गर्ने गरिएको थियो । अहिलेपनि परम्परालाई निरन्तरता दिदै पुजापाठ गरिएको उहाँको भनाई छ । हिजोदेखि सुरु भएको पुजापाठ आज सम्पन्न भएको स्थानीयको भनाई छ ।