Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

छोरालाई राम्रो संग पढ्न पत्र लेखी आमाले गरिन् आत्माहत्या


2.8K
Shares

छोरालाई राम्रो संग पढ्न पत्र लेखी आमाले गरिन् आत्माहत्या

नागरिक सवाल संवादाता- धादिङ ३, जेठ । धादिङको निलकण्ठ नगरपालिका–४ मा एक शिक्षिकाले झुण्डिएर आत्माहत्या गरेकी छिन् । रुवीभ्यालीको दोङदेङ माध्यमिक विद्यालय कार्यरत ३० वर्षीया शिक्षिका चाँदनी तामाङले सदरमुकामस्थित आफ्नै निर्माणाधीन घरमा पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनले आत्महत्या गर्नुपूर्व लेखेको पत्रमा छोरालाई राम्रोसँग लालनपालन गरी दिन आफन्तजनहरुसँग आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो मृतक तामाङका श्रीमान विजय तामाङले विगत ४ वर्षदेखि मलेसियामा रहेर पठाएको रकमले नीलकण्ठ नगरपालिका–४ मा घर निर्माण गने क्रममा उनी सदरमुकाममै बस्दै आउनु भएको थियो । आत्महत्याको कारण खुल्न नसके नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology