Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अबैधानिक रुपमा गोरखा प्रवेश गर्ने १२ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखियो


2.9K
Shares

अबैधानिक रुपमा गोरखा प्रवेश गर्ने १२ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखियो

गोरखा २, जेठ ।कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम र न्युनिकरणका लागि देशभर लडडाउन कडा पारिएका बेला अनाधिकृत रुपमा गोरखा जिल्ला प्रवेश गर्ने १२ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ । तनहुँ र गोरखा जोड्ने पुलबाट गोरखा जिल्ला प्रवेश गर्न लागेको उनीहरुलाई नगरपालिका भित्र रहेका बिभिन्न क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला प्रवेश गरेको सबैलाई गोरखा नगरपालिकाको कुवाडी डाडाँमा रहेको मनकामना बहिरा आवासिय विद्यालयमा र नेपाली सेनाको क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जनाएको छ । बिना अनुमती जिल्ला प्रवेश गर्न खोज्ने ११ जनालाई बिद्यालयमा र १ जनालाई नेपाली सेनाको रणसिं दल गणमा राखिएको हो ।

गणमा राखिएका ब्यक्ति नेपाली सेनाको भोजपुरमा कार्यरत जवान हुन् । स्कुलमा राखिएकाहरु मध्ये बैशाख ३१ गते रौतहटबाट ईट्टा लिएर आएको ट्रकमा सवार ४ जना र हिजोे पालुङटार नगरपालिकाका ३ जना, सिरानचोक गाउँपालिकाका १ जना, गोरखा नगरपालिकाका २ जना र धादिङका १ जनालाई राजधानीबाट फर्कदै गर्दा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समिति गोरखाले हिजोदेखि ५ गतेसम्म जिल्ला सिल गर्ने निणर्य गरी जिल्ला भर चेकजाँचलाई कडा पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology