Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको गण्डकी गाउँपालिकाले मध्यपान गरी होहल्ला गर्ने, तास खेल्ने बढेपछि यस्तो गर्यो निर्देशन


4.3K
Shares

गोरखाको गण्डकी गाउँपालिकाले मध्यपान गरी होहल्ला गर्ने, तास खेल्ने बढेपछि यस्तो गर्यो निर्देशन

गोरखा २, जेठ- गोरखाको गण्डकी गाउँपालिकाले लडडाउनको अबधीमा गाउँमा तासखेल्ने तथा मध्यपान गरी होहल्ला गर्ने क्रम बढेको भन्दै त्यसा नगर्न नगराउन सवैलाई अनुरोध गरेको छ ।

गाउँपालिकाले अध्यक्ष होमबहादुर रानाले बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाको वडा नम्बर ६ भुम्लीचोक पोखरीटार लगायतका स्थानमा मानिसहरु भेला हुने होहल्ला गर्ने गरेको गुनासो आएको भन्दै लकडाउनको उल्लंघन नगर्न सवैलाई आग्रह गरिएको छ ।

अध्यक्ष रानामगरद्धारा जारी सूचनामा लकडाउनको अबधिमा समाजिक दुरी कायम गर्ने र कोरोनाको माहामारीबाट आफु पनि जोगिने अरुलाई पर्नु जोगाउन सवै नागरिकहरुको दायित्व हुने उल्लेख गरिएको छ ।

गाउँपालिकाले सूचनालाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरी कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology