Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

युवतीको चरित्रहत्या हुने गरी अपशब्द बोल्ने ३ जना पक्राउ


1.4K
Shares

युवतीको चरित्रहत्या हुने गरी अपशब्द बोल्ने ३ जना पक्राउ

गोरखा ३० बैशाख । गोरखामा महिला माथि चरित्र हत्या हुने खालका अपशब्द बोलेको आरोपमा ३ जना पक्राउ परेका छन् । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारी स्थायी घर भएका ६१ बर्षिय महादेव रेग्मी, २३ बर्षका होमबहादुर रेग्मी र २७ बर्षका दिपेन्द्र दाहाललाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी बासुदेब खतिवडाले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तहरुले सोही ठाउँका १९ बर्षिय युवतीलाई यही बैशाख ५ गते सिम्पानी खेत स्थित सार्वजनिक स्थानमा चरित्र हत्या हुने खालका अपशब्द बोली बदनाम गरेको उहाँको भनाई छ ।

उनिहरु बिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुर ( अभ्रद्र व्यवहार) शिर्षकमा मुद्धा दर्ता गरिएको छ । पक्राउ परेका ३ जना माथि जिल्ला प्रसासन कार्यालय गोरखबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology