गोरखा २९, बैशाख । गोरखामा शनिबार एकै दिन दुई जनाले आत्माहत्या गरेका छन् । आत्माहत्या गर्नेमा ८ बर्षका एक बालक र ६२ बर्षका वृद्धा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पालुङटार नगरपालिका– ३ मैबलका आठ बर्षे अनिश सुनारले दिउँसो चार बजे झुण्डेर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
निर्माणाधीन घरमा डोरीको पाँशो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै सिरानचोक गाउँपालिका ५ भट्टगाउँ निबासी ६२ बर्षीय एक वृद्धले निर्माणाधीन घरमा पाँशो लगाएर झुण्डिई अत्महत्या गरेका प्रहरीले जनाएको छ ।