गोरखा २७, बैशाख ।गोरखामा जिल्ला प्रहरी कार्यालयको भवन निर्माणका लागि कैलालीबाट ल्याइएका २८ मजदुरको कोरोना परीक्षण नेगेटिभ आएपछि निर्माण स्थलबाट बाहिर जान नपाउने गरी काममा लगाइएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय भित्रै क्वारेन्टाइनमा राखी निर्माणको काममा लगाइएको हो ।
सवैलाई कार्यालय परिषर बाहिर जान नपाउने गरी हद एरिया तोकी छुट्टै खाने बस्नेत व्यवस्था सहित सुरक्षात्मक कार्यबिधि सहित काममा लगाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा ल्याइएको मजुदर मध्ये सवैको ¥यापिड डाइनेगस्टिक टेस्ट बिधीबाट कोरोना परीक्षण गरिएको थियो ।
त्यस्तै ति मध्ये ¥यान्डम स्याम्पलिङ बिधि बमोजिम ४ जनाको पिसिआर बिधिबाट समेत कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई काममा लगाइएको हो । बाँकी रहेकाहरुको समेत पिसिआर बिधिबाट समेत कोरोना परीक्षणको तयारी भईरहेको कार्यालयले जनाएको छ । यस अघि कोरोना संक्रिमत जिल्लाबाट मजदुर ल्याइएपछि कार्यालयको सवै तिरबाट चर्को आलोचना समेत भएको थियो ।